बढ्यो हुलाकको महसुल दर

काठमाडौँ — सरकारले माघ १ देखि लागू हुने गरी हुलाक महसुल दर बढाएको छ । ५० ग्रामसम्मको चिठीलाई ८ रुपैयाँ लाग्नेमा अब १० रुपैयाँ तिर्नुपर्ने हुन्छ । हवाइ पत्रको महसुल साविक ३ रुपैयाँबाट बढाएर ५ रुपैयाँ तोकिएको छ । ५० ग्रामसम्मका साना प्याकेट वा अंशलाई हाल १० रुपैयाँ लाग्नेमा अब २० रुपैयाँ लाग्नेछ ।

बढ्यो हुलाकको महसुल दर

एक जिल्लाबाट अर्कोमा पत्रपत्रिका दाखिल गर्न २ सय रुपैयाँ र अन्य जिल्ला समेत दाखिल गर्न प्रत्येक थप जिल्लाको लागि १० रुपैयाँ लाग्नेछ । आन्तरिक महसुल दर अन्तर्गत हुलाक महसुल दर, विविध महुसल दर, पुलिन्दा महसुल दर र वैदेशिक हुलाक महसुल दरअन्तर्गत हवाई मार्ग, सतह मार्ग, वैदेशिक विविध महसुल दर र वैदेशिक हुलाक पुलिन्दा दरमा हेरफेर गरिएको छ ।

कतिपय महसुल दोब्बर बढाइएका छन् भने पुलिन्दा महसुल दरमा अझ बढी हेरफेर गरिएको छ । न्यूनतम २ किलोग्रामसम्मलाई साविक ३० रुपैयाँ लाग्नेमा अब २ सय रुपैयाँ लाग्ने भनिएको छ । त्यसपछि प्रत्येक ५ सय ग्राम वा अंशको (२० किलोग्रामसम्म) ५० रुपैयाँ तिर्नुपर्नेछ । सरकारले हुलाक सेवा ऐन, २०१९ को दफा ६ र ८ ले दिएको अधिकार प्रयोग गरी नयाँ हुलाक महसुल दर तोकेको जनाएको छ । यसबारे पुस २६ मा राजपत्रमा सूचना प्रकाशित भएको थियो ।

प्रकाशित : पुस २७, २०७८ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?