कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

नेप्से सीईओका लागि तीन जना सिफारिस

काठमाडौँ — नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि परेका आवेदनमध्ये दोस्रो चरणमा ३ जना छनोट भएका छन् । पहिलो चरणमा छनोटमा परेका ५ जनामध्येबाट सिफारिस समितिले तीन जनालाई छनोट गरेको हो ।

नेप्से सीईओका लागि तीन जना सिफारिस

स्रोतका अनुसार छनोटमा परेका तीन जनामा कृष्णबहादुर कार्की, केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भन्डारी छन् । उक्त पदका लागि ११ जनाले आवेदन दिएका थिए । तीमध्ये पहिलो चरणमा उल्लेखित ३ जनासहित प्रविन पन्दाक र रमेश घिमिरे छानिएका थिए ।

नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ । समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल छन् । सिफारिस समितिले सोमबार बिहान तीन जनाको नाम अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको छ । मन्त्रिपरिषदले सिफारिसमा परेकामध्येबाट एक जनालाई नेप्सेको सीईओ नियुक्त गर्नेछ । श्रीमतीका नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको आरोप लागेपछि नेप्सेका पूर्व सीईओ चन्द्रसिंह साउदले आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघि राजीनामा दिएका थिए । त्यसपछि खाली पदमा नयाँ नियुक्ति गर्न लागिएको हो ।


प्रकाशित : पुस २६, २०७८ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?