१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

नेपाल इकोनोमिक्स ओलम्पियाडमा ७८९ विद्यार्थी सहभागी हुने

काठमाडौँ — नेपाल इकोनोमिक्स ओलम्पियाडले पछिल्लो तीनवर्षदेखि आयोजना गर्दै आएको उच्चमाध्यामिक तहका विद्यार्थीहरुबीचको प्रतिस्पर्धामा यसवर्ष देशभरका ११० विद्यालयबाट ७८९ जना सहभागी हुने भएका छन् । ओलम्पियाडले अर्थशास्त्र, व्यवसाय र वित्तीय साक्षारतामा रुची राख्ने विद्याथीहरुबीच प्रतिस्पर्धा गराउँदै आएको छ । आयोजकका अनुसार पुस २४ गते सातवटै प्रदेशमा विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाल इकोनोमिक्स ओलम्पियाडमा ७८९ विद्यार्थी सहभागी हुने

क्षेत्रीय चरणबाट उत्कृष्ट ७५ जना विद्यार्थीलाई १ महिनाको सिकाइ अभ्यासपछि काठमाडौं कलेज अफ मेनेजमेन्टमा फागुन ११ गतेदेखि २४ गतेसम्म ४ दिने राष्ट्रिय प्रतिस्पर्धा गराइनेछ । यसका लागि विभिन्न क्लस्टरबाट विद्यार्थीहरु छनौट हुने आयोजकले जनाएको छ । अर्थशास्त्र, बिजनेस केस एनालिसिस र वित्तीय साक्षारता गरी तीनवटा विधामा परिक्षा हुनेछ भने अर्थशास्त्र र व्यापार विषयमा प्रशिक्षण कक्षाहरु, नेतृत्व क्षमता अभिवृद्धि, व्यक्तित्व विकास तथा वाककलाका प्रशिक्षणहरु पनि सञ्चालन गरिनेछन् ।

नेपाल इकोनोमिक्स ओलम्पियाडले हरेक वर्ष गराउँदै आएको राष्ट्रिय प्रतिस्पर्धाबाट उत्कृष्ट ११ विद्यार्थीले नेपालको प्रतिनिधित्व गर्दै इन्टरनेसनल इकोनोमिक्स ओलम्पियाड र वर्ल्ड इकोनोमिक्स कपमा सहभागिता जनाउँदै आएका छन् । यसवर्षको प्रतिस्पर्धामा उत्कृष्ट हुने विद्यार्थीहरुले पनि सन् २०२२ को इन्टरनेसनल इकोनोमिक्स ओलम्पियाड र वर्ल्ड इकोनोमिक्स कप प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छानिने ११ जना विद्यार्थीलाई तीन महिना लामो प्रशिक्षणमा सहभागिता गराइने छ । इन्टरनेसनल इकोनोमिक्स ओलम्पियाड यसै वर्ष चीनको सांघाईमा आयोजना हुँदैछ ।


प्रकाशित : पुस २२, २०७८ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?