१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

क्रस होल्डिङ भएका लघुवित्तलाई मर्जरको कार्ययोजना पेश गर्न निर्देशन

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाको दोहोरो लगानी भएका लघुवित्त वित्तीय संस्थाले मर्जर तथा एक्विजिसनका लागि कार्ययोजना बनाएर राष्ट्र बैंकमा पेश गर्नु पर्ने भएको छ । राष्ट्र बैंकले सोमबार परिपत्रमार्फत उक्त निर्देशन दिएको हो ।

क्रस होल्डिङ भएका लघुवित्तलाई मर्जरको कार्ययोजना पेश गर्न निर्देशन

निर्देशन अनुसार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी सेयर स्वामित्व रहेका दुई वा सोभन्दा बढी लघुवित्त संस्थाले एकअर्कोसँग मर्जरको कार्ययोजना पेश गर्नुपर्नेछ ।

यस्तै, क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेका लघुवित्त संस्थाले पनि मर्जर तथा प्राप्तिमा जान आउँदो असारभित्र कार्ययोजना पेश गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । करिब २४ लघुवित्त संस्थाहरु यसबाट प्रभावित हुने राष्ट्र बैंकले जनाएको छ ।


प्रकाशित : पुस १९, २०७८ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?