अर्थ समितिलाई कृषि सचिवको जवाफ: कर्मचारी अभाव हुँदा बजेट खर्च गर्न सकेनौं

काठमाडौँ — कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोबिन्दप्रसाद शर्माले बिनियोजित वार्षिक बजेट खर्च हुन नसक्नुमा कर्मचारी अभाव सबैभन्दा ठूलो समस्या रहेको बताएका छन् । सोमबार अर्थ समिति बैठकमा बोल्दै कृषि सचिव शर्माले मन्त्रालय र मातहतका निकायमा कर्मचारी पर्याप्त नरहेको गुनासो गरे । 

अर्थ समितिलाई कृषि सचिवको जवाफ: कर्मचारी अभाव हुँदा बजेट खर्च गर्न सकेनौं

'पुँजीगत खर्च हुन नसक्नुको मुख्य कारण कर्मचारी अभाव हो । ४५ प्रतिशतभन्दा कम कर्मचारीले काम गरिरहेका छौं' उनले भने 'मन्त्रालयअन्तर्गत सबैभन्दा बढी बजेट छुट्याइएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामै कर्मचारी छैनन् । यता कर्मचारी पठाए उता रिक्त हुने, उता पठाए यता खाली हुने अवस्था छ ।'

त्यस्तै, वार्षिक योजना तथा कार्यक्रमको पूर्व तयारीबिनै बजेट छुट्याइनु र त्यस्ता कार्यक्रममा श्रोत सुनिश्चितता नहुनु पनि समस्या रहेको उनले बताए ।चालू आर्थिक वर्षमा कृषि मन्त्रालयले ६५-७० प्रतिशत मात्रै पुँजीगत खर्च गर्न सक्ने अनुमान गरिएको पनि उनले बताए ।

प्रकाशित : पुस १९, २०७८ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?