३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

६० अंकले बढ्यो नेप्से 

यी हुन् धेरै मूल्य बढेका पाँच कम्पनी 

काठमाडौँ — साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ६०. ४ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २५८४ अंकमा पुगेको छ । कुल ४ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ । म्युचुअल फण्डबाहेक सबै उपसमूह बढेका छन् ।

६० अंकले बढ्यो नेप्से 

बैंकिङ ३३, ब्यापार १९, होटल तथा पर्यटन ४२, विकास बैंक १४४, जलविद्युत ४६, फाइनान्स १२, निर्जीवन बीमा ४११, उत्पादन ३४८, अन्य ४४, माइक्रोफाइनान्स १४० र जीवन बीमा उपसमूह ३४४ अंकले बढे ।

कुल १६८ कम्पनीको मूल्य बढ्यो भने १८ को घटेको छ । ४ कम्पनीको मूल्य भने स्थिर रह्यो । दुई कम्पनीहरु हिमालयन डिस्टिलरी र मध्यभोटेकोसी जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो । सूर्या लाइफ इन्स्योरेन्सको मूल्य ९.२ प्रतिशतले बढ्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्टको मूल्य ७.७ र किसान लघुवित्तको मूल्य ७.३ प्रतिशतले बढ्यो । गोर्खा फाइनान्सको मूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ ।


प्रकाशित : पुस १८, २०७८ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?