कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भारतबाट गरिने आयातमा एलसी सीमा घटाइयो

काठमाडौँ — अब भारतबाट ३ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गर्दा अनिवार्य रूपमा प्रतीतपत्र (एलसी) मार्फत गर्नुपर्ने भएको छ  । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार यस्तो निर्देशन दिएको हो । यो सीमा यसअघिको भन्दा कम हो । यसअघि भारतबाट ५ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गर्दा मात्र अनिवार्य रूपमा एलसी खोल्नुपर्ने व्यवस्था थियो ।

भारतबाट गरिने आयातमा एलसी सीमा घटाइयो

केही महिनायता बढ्दो आयात, घट्दो

रेमिट्यान्सलगायत कारण चालु खाता र शोधनान्तर स्थिति घाटामा छन् । विदेशी मुद्रा सञ्चिति पनि लगातार घटिरहेको छ । विदेशी मुद्रा सञ्चितिको घट्दो क्रमलाई कम गर्न राष्ट्र बैंकले नीति परिमार्जन गरिरहेको छ । सोही क्रममा भारतीय मुद्रामा खोलिने एलसीको सीमा पनि घटाइएको हो । नेपालको कुल व्यापारमा झन्डै ६० प्रतिशत हिस्सा भारतसँग छ ।

विद्युतीय भुक्तानी प्रणाली लागू भई विद्युतीय माध्यमबाट मात्र भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयमार्फत हुने आयातको हकमा चेक जारी गर्न नपाइने व्यवस्था पनि राष्ट्र बैंकले गरेको थियो । नेपाली नागरिक तथा नेपालमा विधिवत् दर्ता भएका फर्म, कम्पनी, संघ संस्थाले भारतस्थित नियोग, संघ, संस्था, कम्पनीसँग लिने विभिन्न सेवा शुल्क भुक्तानीका लागि भारतीय रुपैयाँ ३ लाखसम्मको सटही सुविधा पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि यस्तो सीमा १ लाख भारतीय रुपैयाँ थियो ।

गत बुधबार राष्ट्र बैंकले एक निर्देशन जारी गरेर राहदानीका आधारमा प्रदान गरिने सटही सुविधा पनि एक वर्षमा दुई पटकसम्म पाइने भएको हो । विद्यमान व्यवस्थाअनुसार हाल नेपाली नागरिकले राहदानीबापत प्रतिव्यक्ति १ हजार ५ सय अमेरिकी डलरसम्म सटही सुविधा पाइन्छ । त्यो सीमा नघटाइए पनि एक वर्षमा बढीमा दुई पटकसम्म मात्र सटही सुविधा दिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

प्रकाशित : पुस १७, २०७८ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?