नयाँ श्रम बजारको गन्तव्य खोजी गरौं : श्रम विज्ञ गणेश गुरुङ

काठमाडौँ — श्रम विज्ञ गणेश गुरुङले नेपाली श्रमिकहरू कम तलब भएका भारत, मलेसिया लगायत मुलुकमा काम गरिरहेकाले नयाँ श्रम बजार  खोज्न जरुरी रहेको बताएका छन्  । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर आईएमई  माइग्रेसन एण्ड समिट २०२१’ का मुख्य वक्ताको रुपमा रहेका गुरुङले श्रम बजारको नयाँ गन्तव्य खोजेर ब्राण्डिङ गर्नुपर्ने बताए ।

नयाँ श्रम बजारको गन्तव्य खोजी गरौं : श्रम विज्ञ गणेश गुरुङ

‘हाम्रो ब्राण्ड छ, तर प्रयोग गर्न सकेनौं । अहिले सबैभन्दा कम तलब भएको भारत, मलेसियामा श्रमिक पठाएका छौ,’ उनले भने, ‘श्रमिकको हितका लागि नयाँ श्रम गन्तव्य खोजी गरौं ।’ विश्व परिवेशमा १४ हजार कामदारको देहान्त भइसकेको उनले बताए ।

नेपालमा रहेका ५४ लाख घरधुरीमध्ये करिब ६० प्रतिशतको घरमा रेमिट्यान्स भित्रिएको उनले बताए । ‘हरेक दिन १५ सय विदेशिएका छन् । दैनिक २ अर्ब ६३ करोड २९ लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको छ,’ गुरुङले भने, ‘यसले अर्थतन्त्रमा करिब २८ प्रतिशत योगदान गरेको छ । तर, सरकारको लगानी शून्य छ ।’

प्रकाशित : पुस १४, २०७८ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?