कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

समस्यामा परेका कामदारले नेपाली दूतावास र नियोगहरू भरिभराउ छन् : परराष्ट्रमन्त्री खड्का

काठमाडौँ — परराष्ट्रमन्त्री नारायण खड्काले विभिन्न देशहरुमा रहेका नेपाली दूतावास र नियोगहरु समस्यामा परेका कामदारले भरिभराउ रहेको बताएका छन । ‘कान्तिपुर रेमिट एन्ड माइग्रेसन समिट २०२१’ बोल्दै खड्काले यस्तो बताएका हुन् । 

समस्यामा परेका कामदारले नेपाली दूतावास र नियोगहरू भरिभराउ छन् : परराष्ट्रमन्त्री खड्का

‘दूतावासहरुमा ठाउँ नै छैन । समस्यामा परेका कामदारहरुले भरिएका छन्,’ उनले भने, ‘तीमध्ये कोही अवैध तरिकाले गएका छन । कोहि पर्यटन भिषामा गएर अवैध रुपमा काम गरिरहेका व्यक्तिहरु छन । उनीहरु समस्या परिसकेपछि मात्रै हाम्रो सम्पर्कमा आउँछन ।’

यस्ता समस्यामा परेका कामदारहरुमा महिला बढी रहेको पनि उनले बताए । यही कारण परराष्ट्र मन्त्रालयमा वैदेशिक कामदारका समस्या बोकेर दैनिक निवेदनहरु पर्ने गरेका छन् ।

‘परराष्ट्र मन्त्रालयमा महिलाहरु हराएका जानकारी आउँछन् । उनीहरुको श्रमको शोषण भएको भनेर निवेदन आइपुग्छन् । उद्धारका लागि हामीले गरेको पहल पर्याप्त छैन,’ उनले भने ।

प्रकाशित : पुस १४, २०७८ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?