२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

एपेक्सले एस्टिरिस्क टेक्नोलोजी र नासा सेक्युरिटिजसँग गर्‍यो रोजगारी सम्झौता

काठमाडौँ — एपेक्स कलेजले दुई कम्पनीसँग इन्टर्नसिप तथा रोजगारी अवसर प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी एस्टिरिस्क टेक्नोलोजी र नासा सेक्युरिटिजसँग कलेजका विद्यार्थीलाई इन्टर्नसिप तथा रोजगारी अवसर प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।

एपेक्सले एस्टिरिस्क टेक्नोलोजी र नासा सेक्युरिटिजसँग गर्‍यो रोजगारी सम्झौता

दुवै कम्पनीसँग कलेजका प्रिन्सिपल एलपी भानु शर्माले हस्ताक्षर गरे । एस्टिरिस्कको तर्फबाट चिफ अपरेटिङ अफिसर जोली अमात्यले सम्झौतापत्रमा हस्ताक्षर गरेकी छन् । त्यस्तै नासाका चिफ फाइनान्सियल अफिसर प्रमोद सञ्जेलले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापछि कलेज र एस्टिरिस्कले विद्यार्थीहरुलाई पुँजीबजारसम्बन्धी काम गर्न तालिम, कार्यक्रम तथा सम्मेलन आयोजना गर्नेछ ।

दुवै संस्थाले विद्यार्थीहरुको सीप क्षमता अभिवृद्धि गर्न कामसमेत गर्नेछन् । साथै दुवै संस्थाले एकअर्कालाई सहयोग गर्दै विद्यार्थीलाई प्राथमिकतामा राखी विभिन्न अवसर प्रदान गर्न तयार रहेको सम्झौतामा उल्लेख छ । त्यस्तै नासा सेक्युरिटिजसँग पनि कलेजका विद्यार्थीलाई आफ्नो संस्थामा इन्टर्नसिप तथा रोजगारीको अवसर दिनेछ । नासाले विद्यार्थीहरूको सीप विकासका लागि विभिन्न तालिममा सहयोग गर्नेछन् ।


प्रकाशित : पुस ५, २०७८ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?