बजार अनुगमन कपडामा केन्द्रित, तीन पसललाई जरिवाना

काठमाडौँ — जाडो मौसम सुरु भएसँगै सरकारले न्यानो लत्ताकपडामा अनुगमन तीव्र पारेको छ । लत्ताकपडा क्षेत्रमा बढी मूल्य लिएको, ठगी गरेको जस्ता उजुरी परेपछि  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन कपडामा केन्द्रित गरिएको जनाएको छ । अनुगमनको क्रममा भने बिलबिजककै समस्या देखिएको विभागका सूचना अधिकारी धनेश्वर पौडेलले बताए ।

बजार अनुगमन कपडामा केन्द्रित, तीन पसललाई जरिवाना

‘जाडो महिना सुरू भएसँगै न्यानो कपडाको माग बढ्दो छ । लत्ताकपडा क्षेत्रमा चहलपहल बढेसँगै ठगीको सम्भावना पनि उत्तिकै हुन्छ, उजुरी पनि परेको छ,’ उनले भने, ‘उजुरीका आधारमा अनुगमन पनि त्यतातिर केन्द्रित बनाएका छौं ।’ विभागले बुधबार गरेको ६ व्यवसायिक फर्मको अनुगमनमध्ये ५ वटा लत्ताकपडाकै थियो ।

५ मध्ये ३ फर्मलाई अनुगमनस्थलमै जरिवाना गरिएको छ । बाँकी दुई व्यवसायिक फर्मलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको पौडेलले बताए । ‘ललितपुरमा रहेको मेस्मराइज फेसन, एस्टिलो इन्टरप्राइजेज र पेज थ्री ट्रेडर्सलाई उपभोक्ता संरक्षण ऐनको दफा ३८ को (घ), ३९, १ (क)को कसुरमा ५/५ हजार रुपैयाँ जरिवाना गरेका छौं,’ उनले भने, ‘ललितपुरकै एक्सप्रेस प्लस र ट्याग योर आइडेन्टिटी तफाल्हो रेडिमेड तथा थान कपडा पसललाई कागजातसहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएका छौं।’


प्रकाशित : मंसिर २३, २०७८ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?