१०६ कम्पनीको सेयर मूल्य घट्दा ७२ को बढ्यो 

काठमाडौँ — साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ५.८४ अंकले घटेको छ । सो अंकको कमीसँगै परिसूचक २४४९ अंकमा झरेको छ । क वर्गका कम्पनीको सूचक सेन्सिटिभ भने एक अंकमुनि हरियो रह्यो । यस दिन २ अर्ब ६७ करोडको धितोपत्र कारोबार भएको छ । हिजो २ अर्ब ६६ करोडको भएको थियो ।

१०६ कम्पनीको सेयर मूल्य घट्दा ७२ को बढ्यो 

बैंकिङ २, ब्यापार १९, विकास बैंक २१, जलविद्युत १७, फाइनान्स १६, निर्जीवन बीमा ६०, उत्पादन २४, माइक्रोफाइनान्स २५ र जीवन बीमा उपसमूह ३४ अंकले घटे । अन्य ४ र होटल तथ पर्यटन समूह भने १८ अंकले बढे ।

कुल ७२ कम्पनीको मूल्य बढ्यो भने १०६ कम्पनीको मूल्य घट्यो । ११ कम्पनीको मूल्य भने स्थिर रह्यो । सिनर्जी पावर डेभलपमेन्टको मूल्य सबैभन्दा धेरै ४.५ प्रतिशतले बढ्यो । सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै ५.८ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टलरी अग्रस्थानमा रह्यो ।


प्रकाशित : मंसिर २३, २०७८ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?