२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

नाडाको चुनाव सुरू (तस्बिरहरू)

काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्व छनौटका लागि चुनाव सुरू भएको छ । काठमाडौंको सोल्टी होटलमा चुनाव सुरू भएको हो । नाडाको अध्यक्षका लागि हालका उपाध्यक्ष करण चौधरी र कार्यसमिति सदस्य ध्रुव थापा आ–आफ्ना प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।

नाडाको चुनाव सुरू (तस्बिरहरू)

सातै प्रदेशबाट चुनावका लागि सदस्य मतदाताको उपस्थिति रहेको छ । नाडामा १७ सदस्यीय समिति रहनेछ । अहिले अध्यक्षका लागि मतदान भएको हो । चौधरीको प्यानलमा अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, नीलमणि पाठक, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराईले सदस्यमा उम्मेदवारी दिएका छन् ।


थापाको प्यानलमा भने यमुना श्रेष्ठ, आकाश गोल्छा, अमर ज्योति, बीएन पाठक, दीपककुमार अग्रवाल, दीपेन्द्रकुमार मिश्र, कपिल शिवाकोटी, नारायणप्रसाद पौडेल, नभराज भुसाल, निराकर श्रेष्ठ, प्रदीपमान प्रधान, प्रकाश सिग्देल, ऋद्धि कार्की, सगुन बीएस कंसाकार, सञ्जयकुमार खेतान र शुभाशिष थपलिया छन् ।


आफ्नो प्यानलमा अटोमाबाइल क्षेत्रमा लामो अनुभव बोकेका व्यवसायीदेखि नयाँ युवा पुस्तासमेत समेटिएको चौधरीले बताए । थापाले पनि आफ्नो प्यानलमा महिलादेखि सानाठूला सबै वर्ग र क्षेत्रका अटो व्यवसायी रहेको दाबी गरे । ‘अटोक्षेत्रको प्रतिनिधित्व गर्ने चारपांग्रे, दुईपांग्रे, ब्याट्री, लुब्रिकेन्ट, टायर, स्पेयर पार्ट्स, हेभी इक्विपमेन्टलगायत सबै क्षेत्रलाई समेटर टिम बनाएका छौं,’ चौधरीले भने, ‘हाम्रो समूहमा अनुभव र जोसको उत्तम समिश्रण छ । त्यसैले अनुकूलता र प्रतिकूलता दुवैमा अटोमोबाइल क्षेत्रको सन्तुलित विकास गर्दै अघि बढ्न यो टिम सक्षम छ ।’


सानो क्षेत्रबाट व्यवसाय सुरु गरेकाले सबै अटो व्यवसायीको समस्या बुझेको थापाले बताए । ‘नाडामा मेरो संलग्नता २० वर्ष पूरा भइसकेको छ । केन्द्रबाहिर रहेर पनि व्यवसाय गरेकाले व्यवसायीहरूलाई हुने समस्यासँग जानकार छु,’ उनले भने, ‘सधैं राजधानी केन्द्रित नाडाको नेतृत्वले मोफसल र साना व्यवसायीको आवाज सुन्न सकेन । हाम्रो टिम भने त्यसलाई परिवर्तन गर्दै अटो व्यवसायीलाई प्राथमिकतामा राखेर काम गर्न समक्ष छ ।’


प्रकाशित : मंसिर २३, २०७८ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?