निगमले माग्यो लिखित कारण

काठमाडौँ — आफ्नो जहाजबाट ७६ जना यात्रुलाई अफलोड गरिएको विषयमा नेपाल वायुसेवा निगमले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयसँग लिखित कारण मागेको छ ।

निगमले माग्यो लिखित कारण

आइतबार राति यात्रुलाई अध्यागमनले दुबई जानबाट रोकेको थियो । ती यात्रु पीसीआर गरेर, दुबईमा क्वारेन्टिन बस्ने सर्तसहित होटल बुकिङ गरेर काठमाडौंको ब्ल्याक आई जर्नी प्रालिबाट दुईतर्फी टिकट खरिद गरेर जान लागेका थिए ।

ती यात्रुलाई अफलोड गरिनुको कारण निगमले मागेको हो । त्यसैगरी निगमले यस घटनाबाट कम्तीमा ४० लाख रुपैयाँ प्रत्यक्ष घाटा व्यहोरेको जनाएको छ ।

दुबई घुम्न जाँदै गरेका ७६ नेपालीलाई मध्यरातमा विमानस्थलबाट फर्काइयो

प्रकाशित : मंसिर २२, २०७८ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?