कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धितोपत्र बोर्डका पूर्वअध्यक्ष ढुङ्गानाको मुद्दामा अन्तरिम आदेश भएन  

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड (सेबोन)का पूर्व अध्यक्ष भिष्मराज ढुङ्गानाले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सेबोन अध्यक्षबाट सरकारले बर्खास्त गरेपछि उक्त निर्णय विरुद्ध अन्तरिम आदेश माग गर्दै ढुङ्गानाले गत कात्तिक ७ मा अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दाको विषयमा मंगलबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी नहुने फैसला गरेको हो ।    

धितोपत्र बोर्डका पूर्वअध्यक्ष ढुङ्गानाको मुद्दामा अन्तरिम आदेश भएन  


सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न भएको आरोपमा सरकारले ढुङ्गानालाई गत असोजमा सेबोन अध्यक्षबाट बर्खास्त गरेको थियो । त्यसअघि सर्वोत्तम सेयरको भित्री कारोबारमा संलग्न भए/नभएको बारे सरकारले अध्ययन समिति गठन गरी अनुसन्धान प्रतिवेदन तयार गरेको थियो । सोही प्रतिवेदनको सिफारिसका आधारमा मन्त्रिपरिषदको निर्णयमार्फत सरकारले ढुङ्गानालाई बर्खास्त गर्ने निर्णय गरेको थियो । ढुङ्गानाले सेबोन अध्यक्ष रहेकै बखत भित्री सूचनाका आधारमा छोरीका नाममा कम्पनीको सेयर खरिद गरेको पाइएको थियो ।

ढुङ्गानाको बर्खास्तपछि सेबोन अध्यक्ष चयनका लागि अर्थ मन्त्रालयले सिफारिस समिति गठन गरी आवेदन आह्वान गरेको थियो । तर, धितोपत्र ऐनमा मन्त्रिपरिषदको निर्णयबाट सिफारिस समिति गठन गर्नुपर्ने प्रावधान छ । उक्त प्रावधान विपरित मन्त्रिस्तरीय निर्णयबाट अर्थ मन्त्रालयले सिफारिस समिति गठन गरेको भन्दै विरोध भएको थियो । यहीं कारण सो समितिलाई खारेज गरी मन्त्रिपरिषदको निर्णयबाट सिफारिस समिति बनाउने अर्थ मन्त्रालय स्रोतले बताएको छ ।


प्रकाशित : मंसिर २१, २०७८ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?