१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

लोमन्थाङको गुफामा लोभलाग्दो ‘गेस्ट हाउस’

घनश्याम खड्का

म्याग्दी — मुस्ताङको लोमन्थाङमा पहाड खोपेर एक युवाले गेस्ट हाउस बनाएका छन् । लोमन्थाङ गाउँपालिका, २ छोसे स्थित सेल्तागुफालाई स्थानीय पेमा घिर्मी गुरुङले ‘शेल्कार गेस्ट हाउस’ का रूपमा सञ्चालन गरेका हुन् ।

लोमन्थाङको गुफामा लोभलाग्दो ‘गेस्ट हाउस’

जोमसोम–कोरोला सडकनजिकै रहेको सेल्तागुफालाई गुरुङले गेस्ट हाउस बनाएका हुन् । गुफाभित्र बास बसेको प्रतिपर्यटक ३ हजारदेखि ७ हजार रुपैयाँसम्म शुल्क लिने गरेको गुरुङले बताए । गुफाभित्रका चार वटा कोठामध्ये ठूलो कोठामा ६ बेड र बाँकी तीन वटा कोठामा २/२ बेड राखिएको छ ।

गुरुङले तीन वर्ष अघिदेखि नै गुफामा पर्यटक राख्न थालेका हुन् । पहाड खोपेर निर्मित गुफाका प्राकृतिक कोठामा पाहुना राख्न थालेका थिए । यो वर्ष भने कोरोना केही मत्थर भएपछि मुस्ताङको आन्तरिक पर्यटनमा चहलपहल सुरु भयो । पाहुनाहरू गेस्ट हाउसमा आउन थाले । गेस्ट हाउसमा बास बसेर जानेहरूले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्न थाले । त्यसपछि गुफा होटेल चर्चित हुन थालेको छ ।

‘गुफाभित्र पर्यटकलाई राख्दा पर्यटकले प्रकृतिसँग रमाउन पाउने र फरक अनुभव लिन पाउने ठानेर गेस्ट हाउस चलाउने सोच आएको हो,’ सञ्चालक गुरुङले भने, ‘गुफासँगै हाम्रो घर छ । हामीले यो गुफालाई पहिलेदेखि नै प्रयोग गर्दै आएका छौं ।’



तस्बिरहरू : शेल्कर गेस्ट हाउसको फेसबुकबाट

प्रकाशित : मंसिर २१, २०७८ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?