कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

३२ अंकले बढ्यो नेप्से, सबै उपसमूहमा हरियाली  

काठमाडौँ — कारोबार बन्द हुँदा सोमबार सेयर बजारको परिसूचक नेप्से ३२ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २५४६ अंकमा पुगेको छ । सोमबारको बजारमा उच्च उतारचढाव देखिएको छ । कारोबार खुलेको एक घण्टामै मध्यान्ह १२ बजे ७२ अंकसम्म झरेको बजारमा त्यसपछि क्रमिक सुधार देखिएको हो ।

३२ अंकले बढ्यो नेप्से, सबै उपसमूहमा हरियाली  

कारोबार रकममा पनि सुधार आएको छ । दिनभर ४ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि आइतबार ४ अर्ब ९ करोडको कारोबार भएको थियो । सबै उपसमूहमा हरियाली छाएको छ । बैंकिङ १३, विकास बैंक १५७, फाइनान्स ५७, होटल तथा पर्यटन ४१, जलविद्युत ८२, जीवन बीमा १२३, उत्पादन ६२, माइक्रोफाइनान्स ६५, निर्जीवन बीमा २६, अन्य ३१ ब्यापार उपसमूह ३ अंकले बढेका छन् ।

कुल १५७ कम्पनीको मूल्य बढ्यो भने २५ कम्पनीको घट्यो । ७ कम्पनीको मूल्य भने स्थिर रह्यो । मेरो माइक्रोफाइनान्सको मूल्य १० प्रतिशतले बढ्यो । एक्सल डेभलपमेन्टको ९.५ तथा साहस उर्जाको ८ प्रतिशतले मूल्य बढ्यो । जनउत्थान सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.८ प्रतिशतले घट्यो ।


प्रकाशित : मंसिर २०, २०७८ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?