सुदूरपश्चिम प्रदेशमा कर्जा प्रवाह वृद्धिदर ३६ प्रतिशत, निक्षेप २० प्रतिशतले बढ्यो

काठमाडौँ — गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह वृद्धिदर ३६ प्रतिशत रहेको छ । राष्ट्रिय रुपमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह वृद्धिदर करिब २९ प्रतिशत रहेको वर्ष सुदूरपश्चिम प्रदेशमा त्यस्तो वृद्धिदर ३६ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

सुदूरपश्चिम प्रदेशमा कर्जा प्रवाह वृद्धिदर ३६ प्रतिशत, निक्षेप २० प्रतिशतले बढ्यो

गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह वृद्धिदर ३६ प्रतिशत रहेको छ । राष्ट्रिय रूपमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह वृद्धिदर करिब २९ प्रतिशत रहेको वर्ष सुदूरपश्चिम प्रदेशमा त्यस्तो वृद्धिदर ३६ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

‘गत आर्थिक वर्ष सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा २०७७ असार मसान्तको तुलनामा ३६.२० प्रतिशतले वृद्धि भई १ खर्ब २७ अर्ब २९ करोड पुगको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा १८.७२ प्रतिशतले वृद्धि भएको थियो ।’

यस्तै, गत आर्थिक वर्ष सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०७७ असार मसान्तको तुलनामा २०.२२ प्रतिशतले वृद्धि भई १ खर्ब ९ अर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो निक्षेप २९.५४ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

२०७८ असारसम्म सुदूरपश्चिम प्रदेशमा वाणिज्य बैंकका ३ सय १७, विकास बैंकका ४६, वित्त कम्पनीका ६ तथा लघुवित्त वित्तीय संस्थाका ४ सय ८ गरी जम्मा ७ सय ७७ शाखा सञ्चालनमा छन् । यसमध्ये कैलाली जिल्लामा सबैभन्दा बढी ३ सय ४४ र बाजुरा जिल्लामा सबैभन्दा कम २६ शाखा सञ्चालनमा छन् ।

यो प्रदेशका ८८ वटा स्थानीय तह मध्ये ८७ वटामा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् भने बझाङ जिल्लाको साईपाल गाउँपालिकामा हालसम्म वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन । सबै भन्दा पछि वाणिज्य बैंकको शाखा पुगेको बझाङ जिल्लाको थलारा गाउँपालीकामा कुमारी बैंकको शाखा सञ्चालनमा रहेको छ ।

जिल्लागत रूपमा सबैभन्दा बढी बझाङका १० वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । सबैभन्दा कम कैलाली जिल्लाका ३ वटा स्थानीय तहमा शाखा विस्तार भएको छ ।

प्रकाशित : मंसिर १८, २०७८ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?