कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कोभिड-१९ मा लोकप्रिय बने मेडिटेसन एप, गेममा पोकेमन

काठमाडौँ — गुगलप्लेले आफ्ना सर्वोत्कृष्ट एपको सूची यसै साता सार्वजनिक गरेको छ । ध्यान र निद्रामा सहयोग गर्ने ‘ब्यालेन्स’ नामक एपलाई गुगलले सन् २०२१ को बेस्ट एप घोषणा गरेको छ । गेम विधामा पोकेमन युनाइट उत्कृष्ट चुनिएको छ । यो गेममा पाँच पोकेमनको समूह बनाएर अन्य समूहसँग भिड्नुपर्छ । एन्ड्रोइडमा यसको रेटिङ ३.९ छ ।

कोभिड-१९ मा लोकप्रिय बने मेडिटेसन एप, गेममा पोकेमन

गुगलप्लेले प्रयोगकर्तालाई आफ्ना प्रिय एप र गेम छान्न लगाएको थियो । यसबाट ‘पारामाउन्ट प्लस’ ले युजर्स च्वाइस एप र गेरेना फ्रिफायर म्याक्सले युजर्स च्वाइस गेम विधामा धेरै मत पाए । गुगलप्लेमा ५ मध्ये ४.७ रेटिङ पाएको मेडिटेसन एप ‘ब्यालेन्स’मार्फत् प्रयोगकर्ताले आफूलाई मिल्दो किसिमले दैनिक ध्यान र आरामका लागि तालिका र शैली सेट गर्न सक्छन् ।

‘कोभिड महामारीले निम्त्याएको संकटमा मानिसले ध्यान, स्थिरता, शान्ति सम्बन्धी यस्ता एप धेरै प्रयोग गर्नु स्वभाविकै हो,’ युएसए टुडेका प्रविधि रिपोर्टर ब्रेट मलिनाले आफ्नो पडकास्टमा भनेका छन्, ‘अहिले मेडिटेसन एपहरूको लोकप्रियता बढेको छ । महामारीले आक्रान्त पारेकाले मानिस आराम र ध्यान गर्न अवसर खोजिरहेका छन् ।’

ब्यालेन्स एप एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध छ । आईओएसमा यसले ४.९ रेटिङ पाएको छ । ब्यालेन्स मात्रै नभई अरु मेडिटेसनसम्बन्धी एप पनि पछिल्लो समय लोकप्रिय बनेका छन् । ती एपमा हेडस्पेस, काल्म, इन्साइट टाइमर, ब्रिद, वेकिङ अप, सिम्पल ह्याबिट लगायत छन् । न्युयोर्क टाइम्सले केही समय अघि हेडस्पेस र काल्मलाई बेस्ट चयन गरेको थियो । यी खरिद गरेर चलाउनुपर्ने एप हुन् ।

गुगलप्लेमा उपलब्ध खेलहरूमा पोकेमन युनाइटलाई गुगलले सन् २०२१को बेस्ट गेम घोषणा गरेको छ । कम्पनीले एपहरूको नवीन प्रकृति, गेमप्ले फिचर र सफ्टवेयरसँग अन्तरक्रिया गर्ने नयाँ तरिकालाई बेस्ट एप छान्ने मुख्य मापदण्ड मानेको थियो ।


प्रकाशित : मंसिर १७, २०७८ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?