३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

पैसा फिर्ता माग्दै सिभिल सहकारी पीडितद्वारा माइतीघरमा धर्ना [तस्बिरहरू] 

तस्बिर : अंगद ढकाल

काठमाडौँ — पैसा फिर्ता नपाएको भन्दै सिभिल सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभ्सका बचतकर्ता काठमाडौंको माइतीघरमा धर्ना बसेका छन् । सहकारीबाट विगत तीन वर्षदेखि पैसा झिक्न नपाएकाले आफूहरुको बचत फिर्ता गर्न र संगठित अपराधीलाई कारवाही गर्न माग गर्दै आन्दोलन सुरु गरेको संघर्ष समितिका संयोजक उज्ज्वल सत्यालले बताए ।

पैसा फिर्ता माग्दै सिभिल सहकारी पीडितद्वारा माइतीघरमा धर्ना [तस्बिरहरू] 

सहकारीले खुलेआम रुपमा बचतकर्ताको पैसा ठगी गरिरहँदा पनि सरकार र मातहतका निकाय मौन रहेकाले आन्दोलनमा उत्रिनु परेको उनले बताए । पीडीतहरुले आजै प्ले कार्ड सहित नारा लगाउँदै जिल्ला सहकारी वकिल कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने छन् । त्यसपछि महान्याधिवक्ता र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताइएको छ ।


प्रकाशित : मंसिर १६, २०७८ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?