कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

एनएमबीले पायो ‘बैंक अफ द इयर एसिया–२०२१’ अवार्ड

काठमाडौँ — बेलायतको लन्डनबाट प्रकाशित हुने म्यागजिन ‘द बैंकर’ ले ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डको लागि एनएमबी बैंकलाई छनोट गरेको छ । यो अवार्ड पाउने एनएमबी नेपालको पहिलो बैंक हो ।

एनएमबीले पायो ‘बैंक अफ द इयर एसिया–२०२१’ अवार्ड

द बैंकर म्यागजिनबाट पुरस्कारको आधिकारिक घोषणासँगै काठमाडौंको एक होटलमा आयोजित औपचारिक कार्यक्रममा मंगलबार एनएमबीलाई यो अवार्ड दिइएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले बैंकलाई अवार्ड दिएका हुन् । एनएमबी यसैवर्ष ‘बैंक अफ द इयर २०२१’ को उपाधिसमेत पाएको थियो । पछिल्लो ५ वर्षमा एनएमबीको यो चौथो अवार्ड हो ।

बैंकको व्यवसायिक वृद्धि र कार्यसम्पादनको शैली, रणनीतिक पहलहरू, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएका नवीनतम सेवा र उत्पादनहरु, दिगो विकासका लागि गरिएका गतिविधिहरू, र प्रतिकुल परिस्थितीको सामना गर्ने क्षमता जस्ता विभिन्न मापदण्डको आधारमा बैंकलाई यो अवार्ड दिइएको हो । त्यस्तै, दिगो बैंकिङको लागि एनएमबीले गरेको पहल, डिजिटल रुपान्तरण र उच्च कर्पोरेट कार्यशैलीप्रति बैंकको प्रतिबद्धता जस्ता मानकलाई पनि छनौटको आधार मानिएको जनाइएको छ ।

सन् २००० मा स्थापित ‘बैंक अफ द इयर अवार्ड’ प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्य–पूर्वी युरोप, एसिया, अमेरिका, मध्य–पूर्व र अफ्रिका गरी ६ वटा महादेश भरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टा–छुट्टै प्रदान गरिन्छ । यो पुरस्कारलाई विश्वभरका बैंकहरूको मूल्याङ्कन गर्ने र विश्वकै अग्रणी संस्थाको रुपमा मान्यता प्रदान गर्ने मानकको रूपमा लिइन्छ ।

बैंकले डिजिटल रुपान्तरण र दिगो बैंकिङ प्रयासलाई प्राथमिकता दिँदै नेपाली बैंकिङ उद्योगमै पहिलोपल्ट स्थानीय ऋण–पत्रजारी गर्ने, विदेशी ऋण सम्झौताजारी गर्ने, बैंकिङ कारोबारको लागि ओम्नी च्यानलको प्रयोग गर्ने, भिडियो कलमार्फत केवाईसी अपडेट गर्ने सुविधा ल्याउने र ‘एनएमबी सापटी’मार्फत २४ घण्टाभित्र कर्जा प्रवाह गर्ने जस्ता सेवाहरु दिँदै आएको छ । बैंकका देशभरी रहेका २ सय बढी शाखाले डिजिटल सेवा प्रवाह गर्ने क्षमता राख्ने बैंकले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित : मंसिर १५, २०७८ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?