१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बन्यो बंकरसहितको प्रधानमन्त्री आवास

काठमाडौँ — बालुवाटारमा बंकरसहितको प्रधानमन्त्री आवास तयार भएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजनाका अनुसार आगामी मंसिर २४ गते उक्त भवन प्रधानमन्त्रीलाई हस्तान्तरण गरिने छ । 

बन्यो बंकरसहितको प्रधानमन्त्री आवास

भवन पुरानो भई जीर्ण भएपछि अहिले प्रधानमन्त्री मुख्य सचिवको सरकारी आवासमा बस्दै आएका छन् । विशेष भवन निर्माण आयोजना प्रमुख दिलीपशेखर श्रेष्ठका अनुसार सुरक्षाका दृष्टिले प्रधानमन्त्रीका लागि बंकरसहितको आवास भवन निर्माण गरिएको हो ।

‘राष्ट्र प्रमुख बस्ने निजी आवास सुरक्षाका दृष्टिले बंकरसहित नै हुने गर्छन्,’ प्रमुख श्रेष्ठले भने, ‘अहिले निजी आवास तयार भएको छ, २४ गतेसम्म भवन हस्तान्तरण गर्ने सुरसारमा छौं ।’ उनका अनुसार नयाँ तीन तले भवनमा २२ कोठा छन् । लिफ्टसहितको भवनमा आधुनिक किचन, पाहुना कोठा, जिम कक्ष लगायत रहनेछ । ‘हामीले २४ गते हस्तान्तरण गर्ने हो, त्यही दिन प्रधानमन्त्री सर्नु हुन्न होला, सायद साइत हेरेर केही समयपछि सर्नु हुन्छ’ उनले भने ।

आयोजनाको अर्को सार्वजनिक भवनको निर्माण कार्य भने बाँकी नै छ । सार्वजनिक यो भवन असार मसान्तसम्म हस्तान्तरण गरिने श्रेष्ठको भनाई छ ।२०७६ भदौ १२ मा भएको सम्झौताअनुसार २०७८ भदौमा दुबै भवनको निर्माण सक्नुपर्ने थियो । बल्ल एउटा भवनको निर्माण सकिएको छ । पाँच रोपनी क्षेत्रफलमा प्रधानमन्त्रीको परिवारका लागि आवास र आगन्तुकसँग भेटघाट गर्न सार्वजनिक भवन निर्माण थालिएको हो । जसको ठेक्का कन्टेक निर्माण कम्पनीले ३३ करोड ८० लाख रुपैयाँमा लिएको हो । कोभिडले गर्दा तोकिएकै समयमा निर्माणको काम सक्न समस्या भएको आयोजनाले जनाएको छ ।

प्रकाशित : मंसिर १५, २०७८ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?