२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

वाग्मती प्रदेशका उद्योगहरूको क्षमता उपयोग साढे ४६ %, ४ हजार ८ सय जनालाई रोजगारी 

काठमाडौँ — गत आर्थिक वर्षमा वाग्मती प्रदेशका उद्योगको औसत क्षमता उपयोग ४६.४ प्रतिशत रहेको छ । गत वर्ष नमुनामा समेटिएका उद्योगको औसत क्षमता उपयोग ३७.८ प्रतिशत रहेको थियो ।

वाग्मती प्रदेशका उद्योगहरूको क्षमता उपयोग साढे ४६ %, ४ हजार ८ सय जनालाई रोजगारी 

जसअनुसार रंग उद्योगले सबैभन्दा बढी (९२.९ प्रतिशत) क्षमता उपयोग गरेका छन् भने प्रशोधित दूधको क्षमता उपयोग सबैभन्दा कम (१३.१ प्रतिशत) रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

यो प्रदेशमा सञ्चालनमा रहेका उद्योगमध्ये पशुदाना उत्पादन १६.४, विस्कुट उत्पादन ३४.९, चाउचाउ उत्पादन २३.२, हल्का पेय पदार्थ उत्पादन १८.७, चुरोट उत्पादन ८.५, पश्मिना उत्पादन ४.०, गार्मेन्ट उत्पादन १९.०, रंग उत्पादन ५४.९, साबुन उत्पादन ४५.१, कंक्रिट उत्पादन ५१.६ र कपडाको जुत्ता उत्पादन ३२.५ प्रतिशतले बढेको प्रतिवेदनले औंल्याएको छ । तर प्रशोधित दूध उत्पादन ११ प्रतिशत र बियर उत्पादन ११.४ प्रतिशतले घटेको बताइएको छ ।

यो प्रदेशमा सञ्चालित अधिकांश उद्योगहरु काठमाडौं उपत्यका र मकवानपुरको हेटौंडामा सञ्चालनमा छन् । यो प्रदेशका प्रमुख उद्योगहरुमा छालाका जुत्ता, कपडाका जुत्ता, गलैंचा, पश्मिना, फेल्टका सामान, जीवजन्तुको आहार, ऊनको तयारी पोशाक, सुतीको तयारी पोशाक, सजावटका सामान, चाउचाउ, विस्कुट, पेय पदार्थ, इटा, औषधी र सिमेन्ट उद्योगहरु पर्दछन् । यस प्रदेशमा ११ वटा सिमेन्ट उद्योगहरु सञ्चालनमा रहेका छन् ।

२०७७ साउनदेखि २०७८ असारसम्म यस प्रदेशमा कुल ८९ वटा उद्योगहरू दर्ता भएका छन् । जसको कूल पुँजी ३३ अर्ब ४२ करोड छ । यी दर्ता भएका उद्योगहरुले समीक्षा वर्षमा कूल ४ हजार ८ सय २१ जनालाई रोजगारी प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : मंसिर १५, २०७८ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?