कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

गत आर्थिक वर्षमा ५ लाख १७ हजारले लिए प्यान

व्यक्तिगत प्यान लिने करदाताको संख्या २४ लाख ७१ हजार ७ सय २६ पुगे

काठमाडौँ — सरकारले आम्दानी गर्नेलाई अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था लागू गरेसँगै यस्तो प्यान कार्ड लिनेको संख्या बढेको छ । औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गरेर कमाउनेलाई सरकारले व्यक्तिगत स्थायी लेखा नम्बर (पी–प्यान) अनिवार्य गरेको हो । यो लागू भएसँगै गत आर्थिक वर्षमा मात्रै ५ लाख १७ हजार ६ सय १० व्यक्तिगत करदाताले प्यान लिएको आन्तरिक राजस्व विभागको आव २०७७/७८ को वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

गत आर्थिक वर्षमा ५ लाख १७ हजारले लिए प्यान

आर्थिक वर्ष २०७६/७७ को बजेटले ‘सबैका लागि प्यान’ को नीति लिएको थियो । उक्त बजेटले कुनै आर्थिक वर्षमा आय आर्जनमूलक काम गरेका जोसुकैले अनिवार्य रुपमा व्यक्तिगत प्यान कार्ड लिनु पर्ने व्यवस्था गरेको छ । जहाँ तलब, भत्ता, ज्याला, घर बहाल लगायतबाट आम्दानी गर्नेले अनिवार्य रुपमा यस्तो कार्ड लिनुपर्छ । सोही आर्थिक वर्षमा सबैभन्दा बढी ९ लाख ८२ हजार ६ सय ३९ जनाले व्यक्तिगत प्यान लिएको विभागको तथ्यांकले देखाउँछ ।

विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा ८४ हजार २ सय ४६, २०७४/७५ मा १ लाख १६ हजार ९७ र २०७५/७६ मा २ लाख २९ हजार ८ सय ५० जनाले यस्तो कार्ड लिएका छन् । हालसम्म व्यक्तिगत लेखा नम्बर लिने करदाताको संख्या २४ लाख ७१ हजार ७ सय २६ पुगेको विभागको तथ्यांक छ ।


प्रकाशित : मंसिर १४, २०७८ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?