कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मंसिर सुरुवातमा पनि निक्षेप घट्यो, सोमबार बैंकहरूले लिए झण्डै ३८ अर्ब सापटी

काठमाडौँ — मंसिरको सुरुवाती दिनमा पनि बैंकहरुमा निक्षेप घटेको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार मंसिरको १० दिनमा मात्रै बैंकहरुबाट १४ अर्ब निक्षेप घटेको छ । २७ वाणिज्य बैंकहरूमा कात्तिक मसान्तसम्म ४२ खर्ब ३३ अर्ब रुपैयाा निक्षेप रहेकोमा मंसिर १० गतेसम्म आउँदा ४२ खर्ब १९ अर्बमा झरेको छ । 

मंसिर सुरुवातमा पनि निक्षेप घट्यो, सोमबार बैंकहरूले लिए झण्डै ३८ अर्ब सापटी

निक्षेप घटिरहँदा पनि यस अवधिमा कर्जा प्रवाह भने बढेको छ । मंसिरको १० दिनमा २१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । कात्तिक मसान्तसम्म ४० खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा मंसिर १० गतेसम्म ४० खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । कात्तिक महिनामा मात्रै वाणिज्य बैंकहरुबाट ३६ अर्ब निक्षेप घटेको थियो ।

मंसिरको सुरुवाती दिनमा पनि निक्षेप घटेपछि बैंकहरुलाई परिचालनका लागि समेत नगद अभाव भएको छ । नगद अभाव भएपछि बैंकहरुले सोमबार एकै दिन राष्ट्र बैंकबाट ३७ अर्ब ९२ करोड रुपैयाँ सापटी सुविधा (एसएलएफ) लिएका छन् । यस्तो सापटीमा बैंकहरुले ५ प्रतिशत व्याजदर तिर्नुपर्छ भने अवधि जम्मा सात दिनको हुन्छ ।

पछिल्ला महिना बैंकहरुमा लगानीयोग्य रकमको चर्को अभाव भएको छ । बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ९०.३१ प्रतिशत पुगेको छ । असार मसान्तभित्र सिडी रेसियोलाई ९० प्रतिशतभन्दा मुनि झार्नुपर्ने बाध्यकारी व्यवस्था छ ।


प्रकाशित : मंसिर १३, २०७८ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?