१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सेयर बजार खुलेको डेढ घण्टामै ५६ अंकको गिरावट

काठमाडौँ — आइतबार सेयर बजारमा ठूलो गिरावट आएको छ । बजार खुलेको डेढ घण्टामै परिसूचक नेप्से  ५६ अंकले घटेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक समीक्षाले सेयर कर्जाको ४–१२ करोड सीमालाई यथावत राखेपछि बजारमा गिरावट आएको हो ।

सेयर बजार खुलेको डेढ घण्टामै ५६ अंकको गिरावट

कतिपयले मौद्रिक समीक्षामार्फत यो सीमाको दायरालाई बढाउने अपेक्षा गरेका थिए । यद्यपि राष्ट्र बैंकले सीमामा कुनै परिवर्तन गरेन । त्यस्तै तरलता बढाउनेगरी मौद्रिक समीक्षामा कुनै ठोस कार्यक्रम नआएपछि बजार प्रभावित भएको हो । यसले बैंकको ब्याजदर बढाउनमा अझै दवाव परेको छ ।

साढे १२ बजेसम्म २ अर्ब १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने सबै उपसूचक राताम्मे भएका छन् । १७८ कम्पनीको मूल्य घट्दा ५ कम्पनीको मूल्य मात्रै बढेको छ ।


प्रकाशित : मंसिर १२, २०७८ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?