कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मौद्रिक समीक्षा सार्वजनिक : आयातमा कडाइ 

काठमाडौँ — मुलुकको व्यापार घाटा चुलिएपछि नेपाल राष्ट्र बैंकले आयातमा केही कडाइ गरेको छ । चार महिनामै मुलुकको व्यापार घाटा ५ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले आफ्नो तर्फबाट गर्न सक्ने केही बुँदामा कडाइ गरेको हो ।

मौद्रिक समीक्षा सार्वजनिक : आयातमा कडाइ 

बस्तुगत रुपमा आयातको कडाइ गर्ने निर्णय सरकारले नै गर्नुपर्छ । कुन कुन बस्तुको आयात गर्ने वा परिमाण कति तोक्ने भन्ने विषय सरकारले नै तोक्ने भएकाले राष्ट्र बैंकले वित्तीय रुपमा गर्न सक्ने केही व्यवस्था गरेको हो । अब एलसी खोल्दा अनिवार्य नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिने भएको छ । यसअघि यस्तो व्यवस्था थिएन ।

मौद्रिक समीक्षामा राष्ट्र बैंकले भनेको छ ‘विदेशी विनिमय सञ्चितिको विद्यमान स्थितिलाई दृष्टिगत गर्दै आयात प्रतितपत्र खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिने छ ।’ त्यस्तै 'डकुमेन्ट अगनेष्ट पेमेन्ट' र 'डकुमेन्ट अगनेस्ट एसेप्टेन्स'को विद्यमान सीमा पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ ।

ड्राफ्ट, टिटीको माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नका लागि सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ ।


प्रकाशित : मंसिर १०, २०७८ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?