३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

१२१ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौँ — साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३. २२ अंकले घटेको छ । सो अंकको कमीसँगै परिसूचक २७३१ अंकमा कायम भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

१२१ कम्पनीको सेयर मूल्य घट्यो

३ अर्ब ७८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार ४ अर्ब २१ करोडको कारोबार भएको थियो । बिहीबार ६१ कम्पनीको मूल्य बढ्दा १२१ कम्पनीको मूल्य घट्यो । ५ कम्पनीको मूल्य स्थिर रह्यो ।

बैंकिङ ९, होटल तथा पर्यटन २५ र अन्य उपसमूह १९ अंकले बढे । तीबाहेकका अरु सबै समूह घटेका छन् । विकास बैंक ७०, फाइनान्स २, जलविद्युत २७, जीवन बीमा २३, उत्पादन २९, माइक्रोफाइनान्स ५१, निर्जीवन बीमा १५६ र ब्यापार समूह ४३ अंकले घटेका छन् ।

समृद्धि फाइनान्सको मूल्य सबैभन्दा बढी ९.२ प्रतिशत तथा सामलिङ पावरको मूल्य ८ प्रतिशतले बढ्यो । मानुसी लघुवित्तको मूल्य करिब ७ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम अग्रस्थानमा रह्यो । सो कम्पनीको २६ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भयो ।


प्रकाशित : मंसिर ९, २०७८ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?