कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अनुगमन भएका अधिकांश फर्ममा कैफियत, आधालाई जरिवाना

काठमाडौँ — वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कात्तिक महिनामा गरेको बजार अनुगमनका क्रममा अधिकांश व्यवसायिक फर्ममा कैफियत भेटिएको छ । विभागले खाद्यान्न तथा किराना पसल, फार्मेसी, ग्रोसरी, डिपार्टमेन्ट स्टोर, दूग्धजन्य पदार्थ तथा बेकरी, फलफूल तथा तरकारी गरी ३ सय ८८ फर्ममा अनुगमन गरेको थियो ।

अनुगमन भएका अधिकांश फर्ममा कैफियत, आधालाई जरिवाना

जसमध्ये आधा फर्मलाई आर्थिक जरिवाना गरिएको विभागका निरीक्षक अधिकृत धनेश्वर पौडेलले बताए । ‘सामान्य गल्ती देखिएकोलाई सुधार गर्न निर्देशन दिएका छौँ । तर, ठूलै गल्ती हुँदा जरिवाना गर्ने हो,’ उनले भने, ‘बिलबिजक जारी नगर्ने लगायतका ठूला गल्ती गर्ने १ सय ७६ कम्पनीलाई जरिवाना गरेका छौँ ।’

ती कम्पनीबाट १६ लाख ५५ हजार राजश्व संकलन भएको उनले बताए । यस्तै ८८ कम्पनीलाई आवश्यक कागजात पेश गर्न वा स्पष्टीकरणको लागि विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । ती कम्पनीहरुले चित्तबुझ्दो जवाफ नदिए आर्थिक जरिवाना गरिने पौडेलले बताए ।

विभागले १ सय २४ फर्मलाई तत्काल सुुधार गर्न निर्देशन दिएको छ । ‘सिजनल व्यापारमा धेरै कैफियत देखिन्छ । उपभोक्ताको भीडभाड हुने ठाउँकै पसलमा विकृति देखियो,’ पौडेलले भने, ‘अनुगमन भएका सबै फर्मलाई सुधार गर्न निर्देशन दिएका छौँ ।’


प्रकाशित : मंसिर ९, २०७८ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?