१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

उपत्यकामै सडकका १५ वटा रुग्ण ठेक्का, मन्त्रीको चेतावनीपछि केहीले काम थाले

काठमाडौँ — काठमाडौं उपत्यकाभित्रै ठेक्का भएर लामो समयदेखि सडक निर्माण नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । खनेर छाडिएका सडक, खाल्डाखुल्डीका कारण स्थानीयलाई हिउँदमा धुलो र बर्खामा हिलोले आवत जावतमा सास्ती हुने गरेको छ । 

उपत्यकामै सडकका १५ वटा रुग्ण ठेक्का, मन्त्रीको चेतावनीपछि केहीले काम थाले

सडक विभागका अनुसार काठमाडौं उपत्यकामा मात्रै लामो समयदेखि निर्माण पुरा नभएर रुग्ण अवस्थाका १५ ठेक्का छन् । ती सबै सडकका ठेक्का हुन् । केही समयअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव भत्केपाटी–नगरकोट सडकको निरीक्षण गर्न जाँदा स्थानीयको घेराबन्दीमा परिन् । निर्माण व्यवसायीले गर्दा सडक रुग्ण बनेको भन्दै स्थानीयले चाँडो निर्माण सक्नुपर्ने माग राखी मन्त्रीलाई घेरेका थिए ।

उक्त सडकको निरीक्षण गरेर फर्किएलगत्तै मन्त्री यादवले सचिव, विभागीय प्रमुख, आयोजना प्रमुख लगायतलाई बोलाएर मन्त्रालयमा बैठक राखिन् । बैठकमा बोल्दै मन्त्री यादवले काम नगर्ने ठेकदारलाई सूचना निकालेर कारबाही अघि बढाउन भनेपछि अहिले उपत्यकाका रुग्ण ठेक्कामा फाट्टफुट्ट काम सुुरु भएको सडक विभागले जनाएको छ । ठेक्का तोड्नेसम्मको चेतावनी आएपछि निर्माण व्यवसायीहरु काम सुरु गर्ने सुरसारमा रहेको विभागका महानिर्देशक अर्जुनजंग थापा बताउँछन् । विस्तार थालिएका नगरकोट, गोदावरी, भैंसेपाटी, साँखु सडक खण्डमा बढी समस्या रहेको उनले बताए ।

‘अहिले सबैभन्दा बढी समस्या काठमाडौं उपत्यका आसपासकै सडकमा छ,’ महानिर्देशक थापाले भने, ‘काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याइने भएपछि कार्यस्थलमा निर्माण सामाग्री जम्मा गर्न थालेकाले काम सकिनेमा केही आशावादी छौं ।’ उनका अनुसार देशभर ठेक्का भएर पनि ठेकदारको लापरबाहीका कारण पुराना भई रुग्ण बनेका करिब २ सय बढी ठेक्का छन् । थपिएको समयमा धेरै ठेक्का सम्पन्न हुने उनको दाबी छ । ‘थपिएको म्याद चैत मसान्तभित्र पनि काम सम्पन्न नभए ठेक्का तोडेर कालोसूचीमा राख्नुको विकल्प छैन,’ महानिर्देशक थापाले भने ।


प्रकाशित : मंसिर ८, २०७८ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?