तीन दिनमै बैंकहरूमा घट्यो ७ अर्ब निक्षेप

काठमाडौँ — मंसिरको तीन दिनमै वाणिज्य बैंकहरुमा ७ अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार कात्तिक ३० गतेसम्म बैंकहरूमा ४२ खर्ब ३३ अर्ब निक्षेप संकलन भएकोमा मंसिर ३ गतेसम्म आउँदा ४२ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ ।

तीन दिनमै बैंकहरूमा घट्यो ७ अर्ब निक्षेप

यस अवधिमा कर्जा प्रवाह भने ७ अर्बले नै बढेको छ । कात्तिक मसान्तसम्म ४० खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा मंसिर ३ गतेसम्म आउँदा ४० खर्ब ४१ अर्ब कायम भएको छ । बैंकहरुको कर्जा बढ्दै जाँदा निक्षेप भने घट्दै गएको छ ।

कात्तिक महिनामा मात्रै कुल ३६ अर्ब रुपैयाँ निक्षेप घटेको छ जवकि कर्जा प्रवाह ३६ अर्बले नै बढेको छ । यहीं कारण पछिल्लो समय बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ९० प्रतिशत नाघेको छ । राष्ट्र बैंकका अनुसार हाल बैंकहरुको औसत सिडी रेसियो ९०.१८ प्रतिशत छ । उच्च सिडी रेसियोका कारण कतिपय बैंकले नयाँ कर्जा रोकेका छन् ।


प्रकाशित : मंसिर ६, २०७८ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?