कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सेयर परिसूचक बढे पनि कारोबार घट्यो, दुई कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि

काठमाडौँ — सोमबार सेयर बजारको परिसूचक नेप्से ७.९ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २७६५ अंकमा कायम भएको छ । परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । जम्मा ३ अर्ब ९२ करोडको सेयर कारोबार भयो । आइतबार ४ अर्ब ३५ करोडको कारोबार भएको थियो । 

सेयर परिसूचक बढे पनि कारोबार घट्यो, दुई कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि

बैंकिङ उपसमूह २, ब्यापार १५, होटल तथा पर्यटन १४९, जलविद्युत १०, निर्जीवन बीमा ९९ र अन्य उपसमूह २७ अंकले बढे । विकास बैंक ३४, फाइनान्स २३, उत्पादन २४, माइक्रोफाइनान्स १४ र जीवन बीमा उपसमूह ७ अंकले घटे ।

कुल ९४ कम्पनीको मूल्य बढ्दा ८४ कम्पनीको मूल्य घट्यो । ८ कम्पनीको मूल्य स्थिर रह्यो । दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । मानुसी लघुवित्त र चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशतले बढेको हो । कर्पोरेट डेभलपमेन्टको मूल्य सबैभन्दा धेरै ३.७ प्रतिशतले घट्यो । महालक्ष्मी विकास बैंकको सबैभन्दा बढी ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो ।


प्रकाशित : मंसिर ६, २०७८ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?