कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

वीरगन्ज भन्सारको घट्यो राजस्व

पर्सा — वीरगन्ज भन्सार कार्यालयको कात्तिकको राजस्व घटेको छ । कार्यालयले मासिक लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको हो । यो भन्सारले कात्तिकमा मासिक लक्ष्यको ९७ दशमलव २ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।

वीरगन्ज भन्सारको घट्यो राजस्व

उक्त महिनामा १७ अर्ब ५४ करोड ९७ लाख ५९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएकोमा १७ अर्ब ५ करोड २१ लाख ८० हजार रुपैयाँ उठाएको हो ।

पर्व बिदाको कारण झण्डै ५ दिन भन्सार कार्यालय बन्द भएपछि लक्ष्य अनुरुप राजस्व असुली हुन नसकेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । चालु आर्थिक वर्षको पहिलो चौमासिक अर्थात कात्तिकसम्म यो भन्सारले ६५ अर्ब ११ करोड ४१ लाख लक्ष्य पाएकोमा ७० अर्ब १२ करोड १४ लाख असुली गरेको छ । जुन लक्ष्य भन्दा ८ प्रतिशतले बढी हो ।

यस अवधिमा यो भन्सार नाकाबाट इन्धन, नयाँ सवारी साधन, औद्योगिक कच्चा पदार्थ आदि बढी आयात भएका छन् । त्यसैगरी, भटमासको तेल, जुस, पिना, सूर्यमुखीको तेल, सेन्थेटिक यार्न, स्पोर्टस जुत्ता आदि भारत तथा तेस्रो मुलुक तर्फ निकासी भएका छन् । गत वर्षको जस्तो लकडाउन वा अन्य कुनै बाधा अवरोध नभए वार्षिक राजस्व असुली लक्ष्य पनि भेट्टाइने पौडेलले दाबी गरे । यो मुलुककै सर्वाधिक राजस्व संकलन गर्ने भन्सार हो ।

प्रकाशित : मंसिर ५, २०७८ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?