कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

किसानलाई अनुदानमा आलुको बीउ

रासस

तनहुँ — तनहुँको व्यास नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत आलुको बीउ वितरण गर्ने भएको छ ।

किसानलाई अनुदानमा आलुको बीउ

विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाईसमेत गरी नगरपालिकाले जनकदेव र एमएस उन्नत जातका करिब ३३ टन आलुको बीउ वितरण गर्न लागेको हो ।

तीमध्ये यहाँका किसानले गत वर्ष उत्पादन गरी चितवनको कोल्डस्टोरमा भण्डारण गरी राखिएको करिब १७ टन आलुको बीउ तनहुँ ल्याएर वितरण गर्न लागिएको व्यास नगरपालिका कृषि शाखाका कृषिप्रसार अधिकृत कुशल नहर्कीले जानकारी दिए ।

'चितवनको कोल्डस्टोरबाट आलुको बीउ ल्याएर किसानलाई वितरण गर्ने योजना बनाएको हौं । अपुग करिब १६ टन आलुको बीउ त्रिवेणीबाट खरिद गरेर वितरण गर्ने योजना छ' अधिकृत नहर्कीले भने ।

नगरपालिकाले चितवनको कोल्डस्टोरमा लैजानका लागि प्रतिबोरा रु ३५० गरी ६२९ बोराका लागि जम्मा दुई लाख २० हजार एक सय ५० रुपैयाँ ढुवानी खर्च गरेको उनले बताए । नहर्कीका अनुसार किसानलाई जनकदेव रातो र एमएस निलो उन्नत जातका आलुको बीउ वितरण गरिनेछ ।

व्यास नगरपालिकाका चौधवटै वडाका किसानको माग अनुरुप वडा कार्यालयबाट सिफारिस भई आएका किसानलाई आलुको बीउ वितरण गरिने उनले बताए । गत वर्ष प्रथम श्रेणीको वितरण गरिएकोमा आगामी वर्ष स्थानीय जातको आलुको बीउ उत्पादन गर्ने लक्ष्य राखिएको शाखाले जनाएको छ ।

प्रकाशित : मंसिर २, २०७८ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?