३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

थारु गाउँमा बढे पर्यटक

नारायण शर्मा

पूर्वी नवलपरासी — कोरोना संक्रमण कम भएपछि यहाँको थारु गाउँका होटलमा पर्यटक आगमन बढेका छन् । कावासोतीको दक्षिणी गोडारमा महिलाहरुको व्यवस्थापनमा संचालित थारु कम्युनिटी लजमा शनिबार र आइतबार इजरायलबाट ५२ जना पर्यटक आएका हुन् । उनीहरु थारु लज र टेम्पल टाइगरमा बाँडिएर बसे । 

थारु गाउँमा बढे पर्यटक

इजरायलबाट आएका पर्यटक सबै ६५ वर्षभन्दामाथि उमेर समूहका दम्पती हुन् । फोटोग्राफीमा रुचि भएका उनीहरु विपन्न बस्तीमा स्थानीयबाट संचालित होटलहरुमा अग्रीम बुकिङ गरेर बसेका हुन् । थारु लजमा साँझ महिलाहरुबाट प्रस्तुत सांस्कृतिक कार्यक्रमबाट उनीहरु दंग देखिन्थे । शनिबार बिहानै पैदल हिँडेर थारु गाउँ चाहरेका थिए उनीहरुले । 'खुब रमाइलो मानेर डुले,' स्थानीय सन्तोष महतो भन्छन्, 'सडकभरी विदेशी पर्यटक देख्न पाउँदा अर्कै रमाइलो ।' शनिबार गोडार चोकमा भेटिएका

फोटोग्राफीमा खास रुचि भएका ती पर्यटकले पाहार तपाउन घाममा बाँधिएका चौपाया र खेतमा काम गरेका किसानका फोटा खिचेका थिए । खेतमै पर्यटक पुग्दा गाउँलेहरु उनीहरुलाई हेर्न झुम्मिएका थिए ।


दुई रातको प्याकेजमा आएका ती पर्यटकले करिब ३ लाख रुपैयाँ खर्च गरेका छन् । दुई बिगाह क्षेत्रफलमा फैलिएको थारु लजमा ४५ पर्यटक बस्न मिल्ने व्यवस्था छ । आफ्नै अर्ग्यानिक तरकारी उत्पादन, थारु महिलाले बुनेका ह्यान्डीक्राफ्टका सामान बिक्री यहाँको फरक विशेषता हो ।

थारु लजका संचालक बुद्धिसेन थारुले इजरायली पर्यटकहरु छठ पर्वलाई लक्षित गरेर नेपाल आएको सुनाए । उनीहरु यसअघि जनकपुरधाममा छठ पर्व हेरेका थिए ।


प्रकाशित : कार्तिक २७, २०७८ २२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?