सुरुङ मार्ग : चर्चा डेढ दर्जन बढीको, ठेक्का बल्ल एउटाको 

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले डेढ दर्जन सुरुङमार्ग र अन्डरपास निर्माणको प्रस्ताव अघि सारे पनि ठेक्का भने बल्ल एउटाको मात्रै सुरु भएको छ । वर्षेनी सुरुङमार्ग निर्माण गर्न भन्दै संख्या र बजेट थपे पनि अहिलेसम्म एउटा मात्र सुरुङमार्गको ठेक्का प्रक्रिया अघि बढाइएको छ । 

सुरुङ मार्ग : चर्चा डेढ दर्जन बढीको, ठेक्का बल्ल एउटाको 

सडक विभागका अनुसार अहिलेसम्म सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी प्राविधिक मूल्याङ्कनको प्रक्रियामा छ ।

अन्य सुरुङमार्गमध्ये केहीको विस्तृत र केहीको प्रारम्भिक अध्ययनको प्रक्रिया जारी छ । केहीको भने प्रस्ताव गरिएको भए पनि अध्ययन समेत हुन सकेको छैन ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार चालु आर्थिक वर्षका लागि निर्माण र अध्ययनका लागि भन्दै डेढ दर्जन बढी सुरुङका लागि १ अर्ब ९९ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । जसमध्ये प्रक्रियागत रुपमा अघि बढेको सिद्धबाबा सुरुङमार्गका लागि ६० करोड रुपैयाँ छुट्याइएको छ ।

कुन सुरुङका योजनामा कति बजेट ?

योजनाको नाम

बजेट

सिद्धबाबा सुरुङ निर्माण

६० करोड

लामा बगर सुरुङ

२५ करोड

धरान लेउती सुरुङमार्ग

करोड

सुरुङमार्ग विकास कार्यक्रम

करोड ११ लाख

विभिन्न प्रस्तावित सुरुङमार्गहरुको सम्भाव्यता अध्ययन

करोड

टोखाछहरेगुर्जुभज्याङ सुरुङमार्ग

५० करोड १० लाख

अरनिको राजमार्ग कोटेश्वरजडिबुटि खण्ड सुरुङमार्ग

१० लाख

दुम्कीबासबर्दघाट

१० लाख

हेम्जा नयाँपुल सडक सुरुङमार्ग

१० लाख

कुलेखानीभीमफेदी सडक सुरुङमार्ग

१० लाख

बीपी राजमार्ग खुर्कोटचियाबारी सुरुङमार्ग

१० लाख

मझिमटारशक्तिखोर सुरुङमार्ग

१० लाख

गणेशमान सिंह मार्ग अन्तर्गत थानकोटचित्लाङ सुरुङमार्ग

१० लाख

नयाँ बानेश्वर अन्डरपास

१० लाख

प्रबासजोर्ते (पाल्पा) सडक सुरुङमार्ग

५० लाख

गौशाला अन्डरपास

५० लाख

रसुवागढी बेत्रावति सडक सुरुङमार्ग

५० करोड ५० लाख

बबईछिन्चु सुरुङ

६० लाख

ताथलीविओपी सुरुङमार्ग

५० लाख

बीपीनगर खुटिया

२८ लाख

गोदावरी मानचौर सुरुङमार्ग

२५ लाख

धरानलेउती सुरुङमार्ग

३६ लाख

दुम्लिङवासवाङ (चेपाङमार्ग)

१० लाख

प्रकाशित : कार्तिक २४, २०७८ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?