३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

खुकुरी रम छठपछि नयाँ प्याकेजिङमा

कान्तिपुर संवाददाता

काठमाडौँ — खुकुरी रमले आफ्नो प्याकेजिङ (प्याक) परिवर्तनको निर्णय गरेको छ । स्थापनाको ६२ वर्षपछि समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवं वातावरणमैत्री रुपमा बजारमा उत्रिने निर्णय गरेको हो । 

खुकुरी रम छठपछि नयाँ प्याकेजिङमा

नयाँ प्याकेजिङसहितको खुकुरी रम तिहार र छठपछि बजारमा आउँदैछ त्यसको तयारी तीव्र गतिमा अगाडि बढेको बताइएको छ । रमको प्याकेजिङ तथा बोटलको लुक्स निकै आकर्षक बनाइएको छ । तर, प्याकेजिङ परिवर्तन भए पनि ब्लेण्ड र स्वादमा भने कुनै परिवर्तन नहुने कम्पनीले बताएको छ ।

बीस वर्षदेखि बिक्री भइरहेको खुकुरी रमको पुरानो प्याकको अन्तिम ब्याचका उत्पादनहरु एक महिनाअघि नै बन्द भइसकेको जनाएको छ । हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तर्राष्ट्रिय बजारमा एकैसाथ परिवर्तन हुन लागेको हो ।

खुकुरी रमको वर्षौदेखिको मौलिक प्याकेजिङलाई ग्राहकको आकांक्षाअनुरुप परिस्कृत गर्दै तयार पारिएको नयाँ प्याकेजिङले स्थानीय र विश्व बजारका ग्राहकहरुको मन जित्ने विश्वास खुकुरी रमको उत्पादक, नेपाल डिस्टीलरिजका महाप्रबन्धक शुभाष लामीछानेले व्यक्त गरेका छन् । बजारमा आउने लागेको सो नयाँ प्याकेजिङको विषयमा बोल्दै महाप्रबन्धक लामिछानेले भने– ‘हामीले स्थानीयदेखि विश्व बजारसम्मका हाम्रा अमूल्य ग्राहकहरुको सुविधा तथा चाहनालाई ध्यानमा राखेर खुकुरी रमको नयाँ प्याक डिजाइन गरेका हौं । नयाँ प्याकमा समेत हामीले खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखेका छौँ ।’


प्रकाशित : कार्तिक १७, २०७८ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?