२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

जोगबनी नाकाबाट साढे सात करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात

विनोद भण्डारी

विराटनगर — तिहार र छठ पर्वका लागि जोगबनी नाकाबाट मात्र साढे सात करोड मूल्य बराबरको झिलिमिली बत्ती आयात भएको छ । दियो र पाला बाल्ने परम्परा हराउँदै जाँदा बर्सेनि झिलिमिली बत्तीको आयात बढ्दै गएको छ ।

जोगबनी नाकाबाट साढे सात करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात

विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार तिहारमा प्रयोग गरिने खाद्य सामग्री र बत्तीमा मात्र यस वर्ष १८ करोड ५ लाख ६४ हजार रुपैयाँ बाहिरिएको छ । त्यसमध्ये ७ करोड ५८ लाख ७७ हजार मूल्य बराबरको झिलिमिली बत्ती आयात भएको भन्सार अधिकृत अमित तिवारीले बताए । उका अनुसार गत वर्ष अन्य नाका बन्द हुँदा यो नाकाबाट २४ करोड ७३ लाख ३४ हजार मूल्य बराबरका बत्ती भित्रिएको थियो ।

सजावटका लागि प्रयोग गरिने पलास्टिक फूल र गोदावरी फूल आयातमा ६५ लाख ७६ हजार रुपैयाँ विदेसिएको छ । भन्सार कार्यालयका अनुसार ६४ लाख ६९ हजार मूल्यको २१ हजार ८ सय ८८ किलो पलास्टिक फूल र एक लाख ७ हजार मूल्यको २ हजार ३ सय ८० किलो गोदावरी फूल तिहारका लागि आयात भएको छ ।

तिहारका लागि यो नाकाबाट यसपटक १ करोड २५ लाख २२ हजार मूल्यको १३ हजार २ सय ८४ किलो काजु आयात भएको छ । त्यसैगरी १९ लाख ८४ हजार मूल्यको १० हजार ५० केजी नरिवल, ५ करोड ९३ लाख मूल्यको ९५ हजार ५ सय ९७ किलो बदाम, एक करोड २२ लाख ३७ हजार मूल्यको ४० हजार २ सय ४० किलो ओखर, ६३ लाख ६८ हजार ६ सय मूल्यको पिस्ता र ओखर आयात भएको छ । भन्सारका अनुसार गत वर्ष तिहारका लागि यो नाकाबाट ओखर मात्र २३ करोड ९५ लाख ४० हजार मूल्यको आयात भएको थियो ।

प्रकाशित : कार्तिक १७, २०७८ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?