कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

हवाई भाडा १२ प्रतिशत बढ्यो

 काठमाडौं–धनगढीमा रुटमा ४ सय ४० रुपैया बृद्धि 
सुरज कुँवर

काठमाडौँ — आन्तरिक उडानमा रहेका वायुसेवाले मंगलबारदेखि लागू हुने गरी झन्डै १२ प्रतिशतले हवाई भाडामा फ्युल सरचार्ज बृद्धि गरेका छन् । आयल निगमले शुक्रबार रातीदेखी लागू हुने गरी ८६ रुपैया प्रति लिटर पर्ने एयर टर्बाइन फ्युल (हवाई इन्धन) मा १० रुपैया बृद्धि गर्दै ९६ रुपैया पुर्‍याएकाले आन्तरिक उडानमा रहेका वायुसेवाले हवाई भाडामा यात्रुले तिर्ने फ्युल सर चार्ज झन्डै १२ प्रतिशतले बृद्धि भएको हो ।

हवाई भाडा १२ प्रतिशत बढ्यो

नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य अनुसारको समायोजन सुत्रका आधारमा वायुसेवा कम्पनीकालागि नयाँ फ्युल सर चार्ज अनुमोदन गरेको हो । आन्तरिक उडानको हवाई टिकटमा एयर फेयर (भाडा), फ्युल सर चार्ज र एयरपोर्ट ट्याक्स गरी तीन शीर्षकमा यात्रुले रकम तिर्छन् । वायुसेवा संचालक संघका महासचिव मनोज कार्कीकाअनुसार, प्राधिकरणको अनुमोदन लगत्तै हवाई टिकटमा बृद्धि भएको फ्युल सरचार्ज टिकेटिङ सिस्टममा लागु भइहाल्छ । प्राधिकरणको उडान अनुमती शाखाकाअनुसार, आन्तरिक उडानमा प्रति यात्रु/प्रति घन्टा ३ हजार ६३ रुपैयाँ बराबरको हवाई इन्धन खपत हुन्छ । आन्तरिक रुटमा कम्तीमा ६० रुपैयाँदेखि बढीमा ४ सय ४० रूपैयासम्म फ्युल सरचार्ज बृद्धि भएको छ । सबैभन्दा धेरै फ्युल सरचार्ज बृद्धि हुनेमा काठमाडौं–धनगढी ४ सय ४० रूपैया छ ।

कति बढ्यो हेर्नुहाेस्

प्रकाशित : कार्तिक १६, २०७८ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?