१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

२२ करोड ५९ लाख निक्षेप राख्न राष्ट्र बैंकले बैंकहरुबाट प्रस्ताव माग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्र बैंकले आफ्नो २२ अर्ब ५९ लाख रुपैयााँ मुद्दती निक्षेपमा राख्न बैंक तथा वित्तीय संस्थाबाट प्रस्ताव मागेको छ । राष्ट्र बैंकले लगानी सूचनामार्फत यस्तो प्रस्ताव आह्वान गरेको हो ।

२२ करोड ५९ लाख निक्षेप राख्न राष्ट्र बैंकले बैंकहरुबाट प्रस्ताव माग्यो

उल्लिखित रकममध्ये १८ करोड ९ लाख रुपैयाँ वाणिज्य बैंकहरुमा, ३ करोड ३८ लाख रुपैयाँ विकास बैंकहरुमा र १ करोड १२ लाख रुपैयाँ वित्त कम्पनीहरुमा राख्ने राष्ट्र बैंकको योजना छ । सोही सीमाभित्र रहेर आफूले तिर्न चाहेको ब्याजदरसहित प्रस्ताव गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भनेको छ । निक्षेप राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाले यही कात्तिक २२ भित्र प्रस्ताव पठाइसक्नु पर्नेछ ।

उक्त निक्षेप प्राप्त गर्नका लागि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकिदिएको मापदण्ड पूरा गर्नुपर्नेछ । जसअनुसार निर्देशित न्यूनतम पुँजीकोष अनुपात कायम गरेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको, खराब कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम रहेको लगायत नौ वटा बुँदा रहेका छन् ।

प्रकाशित : कार्तिक १६, २०७८ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?