सिमरामा गुणको नियमित उडान सुरु

काठमाडौँ — नेपालको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले ३० सिटको जेटस्ट्रिम जहाजद्वारा सोमबारबाट सिमराको लागि नियमित हवाई उडान सुरु गरेको छ ।

आफ्ना दुईवटा अमेरिकी बीचक्राफ्ट र थप गरिएको बेलायती पाँच वटा जेटस्ट्रिम सहित कूल सातवटा विमानबाट भरतपुर, पोखरा , तुम्लिङटार, भैरहवा, नेपालगन्ज र विराटनगरमा नियमित उडान गर्दै आएको छ ।
गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाका अनुसार सुर्खेत र भद्रपुरमा पनि चाँडै नै उडान भर्ने गरि तयारी भइरहेको छ ।
यात्रुलाई सुरक्षित र भरपर्दो हवाइ सेवा सुविधा दिन कुनै कसर बाँकी नराख्ने र गुणस्तरीय हवाइ सेवा दिन त्यसै अनुसार उडानहरु थप गर्दै आन्तरिक हवाइ बजारमा आफूहरुको उपस्थिति बलियो बनाउने थापाको दाबी छ । उनले भने, 'हामीले जहाँ उडान गरेका छौं । यात्रुहरुको पूरै साथ पाएका छौं । जसले हामीलाई थप गन्तव्यमा उडान सुरु गर्न हौसला दिएको छ ।'
प्रकाशित : कार्तिक १६, २०७८ १२:१३