पहिलो त्रैमासमा कुन बैंकको नाफा कति ?

कान्तिपुर संवाददाता

काठमाडौँ — गत असोजसम्म १ अर्ब १८ करोड रुपैयाँसहित एनआईसी एसिया बैंक सबैभन्दा धेरै नाफा गर्ने बैंकको पहिलो नम्बरमा परेको छ । धेरै नाफा आर्जन गर्नेको दोस्रो सूचीमा नबिल बैंक छ । यो बैंकको खुद नाफा १ अर्ब ११ करोड २२ लाख ३५ हजार छ ।

पहिलो त्रैमासमा कुन बैंकको नाफा कति ?

यस्तै, १ अर्ब ११ करोड २२ लाख २४ हजार कमाएर ग्लोबल आईएमई बैंक तेस्रो, १ अर्ब ५ करोड रुपैयाँ कमाएर राष्ट्रिय वाणिज्य बैंक चौथो र १ अर्ब ४ करोड रुपैयाँ एनएमबी बैंक पाँचौ नम्बरमा परेको छ ।

पहिलो त्रैमासमा उल्लिखित ५ बैंकले एक अर्ब रुपैयाँ भन्दा धेरै नाफा कमाउन सफल भएका छन् । बाँकी बैंकको नाफा एक अर्ब रुपैयाँ भन्दा कम छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म चार वटा बैंकले मात्र एक अर्ब रुपैयाँ भन्दा धेरै नाफा आर्जन गरेका थिए ।

पहिलो त्रैमासमा सबैभन्दा कम नाफा आर्जन गर्ने बैंक बैंक अफ काठमाण्डू बनेको छ । तीन महिनामा यो बैंकको खुद नाफा २५ करोड ३४ लाख रुपैयाँ मात्र छ ।

हेर्नुस सूचीसहित :

प्रकाशित : कार्तिक १६, २०७८ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?