कोरोना प्रभावितलाई उद्यमी बनाउन  ५० हजार अनुदान

कान्तिपुर संवाददाता

स्याङ्जा — कोरोना महामारीबाट प्रभावित युवालाई उद्यमी बनाउने उद्देश्यसाथ स्याङ्जाको वालिङ नगरपालिकाले जनही ५० हजार रुपैयाँ अनुदान वितरण गरेको छ । उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्टअप’ का रूपमा अनुदान दिइएको हो ।

कोरोना प्रभावितलाई उद्यमी बनाउन  ५० हजार अनुदान

यूएनडीपी र नगरपालिकाको आर्थिक सहयोगमा स्थापना गरिएको कोभिड १९ उद्धार कोषबाट २० जनालाई अनुदान वितरण गरिएको नगरपालिकाले जनाएको छ । विदेश वा स्वदेशमै कोरोनाका कारण प्रभावित वालिङवासीलाई उद्यमशीलतातर्फ लाग्न अभिप्रेरित गर्ने उद्देश्यले सहयोग गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

‘व्यवसाय वा उद्यम गर्न चाहनेले नगरपालिकामा आर्थिक सहयोग माग गरेका आधारमा सहयोग गर्ने नीति बनाएका छौं,’ खाँणले भने, ‘कोषको आकार सानो छ । आगामी दिनमा कोष वृद्धि गर्दै जाने र अझै धेरैलाई समेट्दै जाने तयारीमा छौं ।’

विशेषगरी उत्पादन तथा नवप्रवर्द्धनका सोच राख्ने युवायुवतीलाई उक्त कोषमार्फत अनुदान उपलब्ध गराउने उनले बताए । कोरोना महामारीका कारण बेरोजगारी समस्या बढ्दै गएकाले यसमा कमी ल्याई उनीहरूलाई उद्यमी बनाई आत्मनिर्भर बनाउन सकियोस् भन्ने हेतुले कोषमार्फत सहयोग गर्ने योजना अगाडि बढाइएको हो ।

प्रकाशित : कार्तिक ११, २०७८ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?