कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

मिठाई पसललाई जरिवाना

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले म्याद गुज्रेको सामग्री प्रयोग गर्ने ३ वटा पसललाई जरिवाना गरेको छ । समितिले बुधबार बत्तीसपुतलीमा सञ्चालित रामेश्वर मिठाई पसललाई १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

उक्त पसलले मिठाई बनाउन प्रयोग गरेको तेल अयोग्य रहेको समितिले फेला पारेको थियो ।

‘टीबीएम उपकरणको प्रयोग गरेर तेलको गुणस्तर जाँच गर्दा अखाद्य भेटियो,’ महानगरका निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले भने । उनका अनुसार मिठाई बनाउन प्रयोग गरिने रङ, मसला र फ्रिजमा राखिएका करिब १ दर्जन कोल्ड ड्रिङ्सको समेत म्याद सकिएको थियो ।

समितिले मंगलबार महाराजगन्जस्थित प्रिया स्विट एन्ड चाट हाउसलाई २० हजार र ताज बेकरीलाई २० हजार रुपैयाँ जरिवाना गरेको थियो । ताज बेकरीले व्यवसाय सञ्चालनका लागि दर्ता प्रमाणपत्र नलिएको पाइएको छ । प्रिया स्विटले म्याद सकिएका रङ र मसलाको प्रयोग गरेको र त्यस्ता खाद्यवस्तु जफत गरेको समितिले जनाएको छ ।

प्रकाशित : कार्तिक ११, २०७८ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?