२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

श्रम रोजगार पत्रकारिता पुरस्कार हस्तान्तरण  

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको श्रम रोजगार पत्रकारिता पुरस्कार तीन विजेतालाई बुधबार हस्तान्तरण गरिएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को साझेदारीमा श्रम रोजगार पत्रकार समूहले स्थापना गरेको पहिलो पुरस्कार कान्तिपुरकर्मी अमृता अनमोल, दोस्रो पुरस्कार शिलापत्र डट कमका रमेश भारती र तेस्रो पुरस्कार साझा सवालका अनिल अधिकारीलाई हस्तान्तरण गरिएको हो ।

श्रम रोजगार पत्रकारिता पुरस्कार हस्तान्तरण  

पहिलो पुरस्कारको राशि ३० हजार, दोस्रो २० हजार र तेस्रो १० हजार रुपैयाँ छ । प्रतिस्पर्धाका लागि पेस भएको ७६ वटा रिपोर्टमध्येबाट स्वतन्त्र निर्णायक मण्डलले उनीहरुद्वारा लिखित रिपोर्टलाई चयन गरेको हो ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अनमोल, भारती र अधिकारीलाई सम्मान पत्रको साथै पुरस्कार राशि हस्तान्तरण गरेका छन् ।

श्रम आप्रवासनको क्षेत्रको रिपोटिङलाई गुणस्तरीय, सन्तुलित र नैतिक बनाउन समूहले पुरस्कार स्थापना गरेको हो । पुरस्कार वितरण समारोहमा निमित्त श्रम सचिव डण्डुराज घिमिरे, परराष्ट्र सहसचिव हरिश्चन्द्र घिमिरे, अन्तर्राष्ट्रिय श्रम संगठनकी कार्यक्रम संयोजक नेहा चौधरी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेश विष्ट, वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सचिव सुजित श्रेष्ठ लगायतकाले श्रम आप्रावसनको क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन नेपालमा जोखिमयुक्त पत्रकारिता भइरहेको बताए ।

प्रकाशित : कार्तिक १०, २०७८ २२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?