कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

मुक्तिनाथमा ढुंगाको विष्णु मूर्ति बन्‍ने

कान्तिपुर संवाददाता

मुस्ताङ — मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित मुक्तिक्षेत्रमा विष्णुको मूर्ति बन्ने भएको छ । यहाँ ३५ फिट अग्लो बुद्धको मूर्ति रहेको छ । उक्त क्षेत्रमा बुद्धको मूर्तिकै उचाईमा ढुंगाकै मूर्ति कुदेर विष्णु मूर्ति बनाउन लागिएको हो । त्यसका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष शेष घलेले मंगलबार ५० लाख दिने घोषणा गरेका छन् ।

मुक्तिनाथमा ढुंगाको विष्णु मूर्ति बन्‍ने

एनआरएन अमेरिकाका अध्यक्षसमेत भइसकेका सोनाम लामाले ५ करोड बढी रकम खर्चिएर बुद्ध मूर्ति बनाएका थिए । बुद्धमूर्ति अहिले धार्मिक पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको स्थानीय बताउँछन् । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा झण्डै ६ वर्ष लगाएर बुद्ध मूर्ति बनाइएको थियो ।

नेपालमा बुद्ध र हिन्दु एकदमै मिलेर बसेको हर्मोनी भएको भन्दै घलेले सोही ठाउँमा विष्णुको मूर्ति बनाउनका लागि सबैलाई आह्वान पनि गरेका छन् । यो अभियानमा धेरैभन्दा धेरै ब्यक्तिहरुलाई सहभागी गराउन चाहेको भन्दै घलेले एक रुपैयाँ अथवा एक डलर किन नहोस्, सबैलाई अपनत्व हुने गरी सहभागी गराउने बताए । यसका लागि लामा र घले दुई जनाले नेतृत्व गर्ने पनि बताए । ब्रिटिस आर्मीका मेजर डमर घलेले पनि एक लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

प्रकाशित : कार्तिक १०, २०७८ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?