१८ अंकले बढ्यो सेयर परिसूचक

कान्तिपुर संवाददाता

काठमाडौँ — बुधबार सेयर बजारको परिसूचक नेप्से १८ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २७६९ मा कायम भएको छ । कारोबार रकम पनि सामान्य बढेको छ । आज कुल ६ अर्ब ६१ करोड रुपैयाँको कारोबार भयो । हिजो ६ अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । 

१८ अंकले बढ्यो सेयर परिसूचक

यस दिन कुल १११ कम्पनीको मूल्य बढ्दा ६९ कम्पनीको मूल्य भने घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रह्यो । यस दिन बैंकिङ १३, फाइनान्स ९, जीवन बीमा ३१७, माइक्रोफाइनान्स ५८, निर्जीवन बीमा १७८, अन्य २२ र ब्यापार उपसमूह २३ अंकले बढे ।

विकास बैंक १, होटल तथा पर्यटन १०, जलविद्युत २० र उत्पादन उपसमूह ४४ अंकले घटे । बेस्ट फाइनान्सको मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले बढ्यो भने एभरेष्ट बैंक कन्भर्टिबल प्रिफरेन्स सेयरको मूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घट्यो । कारोबारका आधारमा नबिल बैंक अग्रस्थानमा रह्यो । सो कम्पनीको ४३ करोड रुपैयाँको सेयर किनबेच भयो ।


प्रकाशित : कार्तिक १०, २०७८ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?