कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

निर्जीवन बीमाको प्रिमियम बढाएर सीमा तोएिकोमा एफएनसिसिआईको विरोध

कान्तिपुर संवाददाता

काठमाडौँ — बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको गैर शुुल्क बीमा व्यवसायका लागि तोकिदिएको न्यूनतम प्रिमियम दरप्रति उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)ले विरोध जनाएको छ । असोज ६ गते बीमा समितिले न्यूनतम प्रिमियम दर तोकिदिएको थियो । खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्वारा प्रिमियम बढाएर न्युनतम सीमा तोकिादा आयोजनाको लागत बढ्न जाने एफएनसिसिआईले जनाएको छ । 

निर्जीवन बीमाको प्रिमियम बढाएर सीमा तोएिकोमा एफएनसिसिआईको विरोध

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघ लगायतका आयोजना निर्माणमा संलग्न संघ/संस्था एवं उद्यमी व्यवसायीहरूका अनुसार बीमा समितिले जारी गरेको निर्देशनमा बीमाको प्रिमियम शुल्क भुक्तानी गरेपनि बीमितले बिमकबाट दावी भुक्तानी पाउन नसक्ने खालका विभिन्न शर्तहरू राखिएका छन् । यस विषयमा सबै सरोकारवालासँग अविलम्व छलफल गर्न पनि महासंघले माग गरेको छ ।

महासंघले यसरी न्यूनतम प्रिमियम दर तोकिँदा बजारमा प्रतिष्पर्धा निरुत्साहित हुन जाने जनाएको छ । जारी गरिएको निर्देशनमा पुनरावलोकन गर्न महासंघले समितिलाई आग्रह गरेको छ । खुला बजार अर्थव्यवस्थामा प्रतिस्पर्धाले नै न्यूनतम मूल्य निर्धारण हुने हुँदा न्यूनतम शुल्क तोक्न नहुने महासंघको धारणा छ । साथै अर्थतन्त्रको पुनरोत्थानका लागि लगानी प्रवद्र्धन र रोजगारी सिर्जना हुने व्यवसायिक वातावरण निर्माण गर्न पनि सम्बन्धित सरोकारवाला समक्ष महासंघले आग्रह गरेको छ ।


प्रकाशित : कार्तिक १०, २०७८ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?