तोलामा ६ सय रुपैयाँ घट्यो सुन

कान्तिपुर संवाददाता

काठमाडौँ — बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार ६ सय घटेर ९२ हजार रुपैयाँमा झरेको छ ।

तोलामा ६ सय रुपैयाँ घट्यो सुन

यसअघि हिजो २ सय रुपैयाँले सुनको मूल्य बढेको थियो । चाँदीको मूल्य पनि घटेको छ । चाँदी एकै दिन तोलामा १५ रुपैयाँले घटेको हो । हिजो १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार २५० रुपैयाँमा झरेको छ ।


प्रकाशित : कार्तिक १०, २०७८ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?