नेपालमा विदेशी लगानी भित्र्याउन बोर्ड र एफएनसिसिआईबीच सहकार्य हुने 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा विदेशी लगानी आकर्षित गर्न लगानी बोर्ड र उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)बीच समझदारी हुने भएको छ । बोर्डका कार्यकारी अधिकृत सुशील भट्ट र महासंघका अध्यक्ष शेखर गोल्छाले एकअर्कासँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका हुन् । सो अवसरमा भट्टले लगानी आकर्षित गर्न नीतिगत सुधारका सम्वन्धमा निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताए ।  

नेपालमा विदेशी लगानी भित्र्याउन बोर्ड र एफएनसिसिआईबीच सहकार्य हुने 

‘हामीसँग लगानी सम्भावनाका क्षेत्र धेरै छन् र लगानीकर्तालाई हाम्रा विविध क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ’ भट्टले भने ‘यसका लागि लगानी बोर्ड र निजी क्षेत्रले संयूक्त रुपमा कार्य गर्नुपर्नेछ ।’ उनले परियोजनाको प्राविधिक, वातावरणीय तथा वित्तीय अवस्थाको गहिरो अध्ययन गरेर मात्रै अगाडि बढाउनुपर्नेमा जोड दिए ।

बैठकमा महासंघका अध्यक्ष गोल्छाले विदेशी निजी लगानीकर्तासँग छलफल तथा समन्वय गर्न एफएनसिसिआई सक्षम निकाय भएको बताए । बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायण रेग्मीले नेपालमा लगानीको प्रतिबद्धता र प्राप्तीमा ठूलो अन्तर देखिने गरेको बताउँदै यस सम्वन्धमा थप अध्ययन गर्नुपर्नेमा जोड दिए । नेपालमा लगानी आकर्षित गर्न आवश्यक नीतिगत तथा सुधारका कार्यमा मन्त्रालय प्रतिबद्ध रहेको बताए ।


प्रकाशित : कार्तिक ९, २०७८ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?